नेपाल एकैदिन थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो, मृतकको संख्या १९ पुग्यो
वि.सं.२०७७ जेठ ३२ आइतवार २१:२०
1.3K
shares
काठमाडौं: नेपालमा एकैदिन थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३ सय ७५ पुरुष र ५० जना महिला थपिएका छन् ।
नेपालमा हालसम्म संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार डिस्चार्ज हुनेको संख्या ६१ जना पुगेको छ । जम्मा डिस्चार्ज हुनेको संख्या ९ सय ७४ जना रहेको छ । डिस्चार्ज हुनेमा पुरुष ८ सय ७७ र महिला ९७ छन् । संक्रमण ७३ जिल्लामा फैलिएको छ । आइसोलेसनमा ४ हजार ७ सय ६७ जना र क्वारेन्टाइनमा १ लाख ४३ हजार ४१ जना रहेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २१:२०




















