बागलुङ बाढी अपडेट: बेपत्तामध्ये ११ जनाको शव फेला
वि.सं.२०७७ भदौ १८ बिहीवार १०:१५
बागलुङः बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढीले बेपत्ता मध्ये ११ जनाको शव फेला परेको छ ।
बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । फेला परेका शव कसैको पनि पहिचान हुन सकेको छैन ।
बाढीमा परी ३६ जना बेपत्ता भएको निरीक्षक भण्डारीले जानकारी दिए । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।
वि.सं.२०७७ भदौ १८ बिहीवार १०:१५