Health Ad
YouTube Link

रामेछापको खाँडादेवी गाउँपालिकामा छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

Khanepani Dhal
Facebook Link

रामेछाप: रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-७ स्थित ज्योति माविमा कार्यरत शिक्षक संजय रायलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सोहि विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रालाई फोन तथा म्यासेन्जरबाट विभिन्न प्रलोभनमा पार्दै विवाह गर्न दबाब दिएको आरोपमा ४३ बर्षका शिक्षक रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

 

आफुलाई पढाउने शिक्षकले विभिन्न प्रकारले दुर्व्यवहार गरेको भन्दै छात्राले आफ्नो अभिभावकसँग गुनासो गरेपछि विद्यालयमा भेला भएका अभिभावहरुकैबीचबाट शिक्षक रायलाई पक्राउ गरिएको हो ।

 

घट्नाका बारेमा अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरेर अहिले शिक्षक रायलाई  हिरासतमा राखिएको  प्रहरीले जनाएको छ ।

 

रायले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई फोन तथा म्यासेन्जरबाट विभिन्न प्रकारका म्यासेज गर्दै हैरानी पार्ने, मोवाइल किनिदिने प्रलोभन देखाउँदै  नयाँ नयाँ ठाउँमा घुमाउन लान्छु भनेर प्रेम प्रस्ताव समेत राख्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

हेर्नुहोस् तपाईको आज २०७७ बैशाख १५ गते बुधबारको तपाईको राशिफल

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...