YouTube Link

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहितको टोली नेपालमा

Facebook Link

काठमाडौं: सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आइपुगेको छ ।

बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत सोमबार साँझ ७:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उक्त टोली काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ ।

त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सगरमाथा आधारशिविर जाने कार्यतालिका छ ।

यसअघि सोमबार बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त टोली त्यहाँको समयानुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल प्रस्थान गरेको जनाएको थियो ।

आरोही टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन् ।

यो टोली करिब ८० दिन नेपालमा रहनेछ ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्ध लगाइने दुई हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ ।

टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...