सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
वि.सं.२०७७ चैत ३ मंगलवार ०८:२३
2.1K
shares
काठमाडौं: सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।
यस्तै अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सामाजिक र स्वयम्भुबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
स्पेनिस ला लिगा फुटबलमा हुयस्कामाथि बार्सिलोनाको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको साँघुरो जित
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
वि.सं.२०७७ चैत ३ मंगलवार ०८:२३



















