दुप्चेश्वर गाउँपालिकाका आगलागी पिडितलाई राहत वितरण
वि.सं.२०७७ साउन ९ शुक्रवार १९:३१
1.6K
shares
नुवाकोटः नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका-१ का आगलागी पिडितहरुलाई राहत वितरण गरिएको छ ।
आगलागी पिडित सन्जा सिंह तामाङ, दिल कुमारी पण्डित, दामोदर पण्डित, विष्णुमाया पण्डित, दग बहादुर पण्डितलाई दुप्चेश्वर गाउँपालिकाको समन्वयमा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङ, जिल्ला प्रहरी प्रमुख अबि नारायण काफ्ले, सम्वन्धित वडाका वडा अध्यक्षहरु तथा रेडक्रस प्रतिनिधिको उपस्थितिमा पिडितहरुलाई नगद जनही रु १० हजार सहित टेन्ट, त्रिपाल उपलब्ध गराएको छ भने रेडक्रस सोसाइटी दुप्चेश्वर शाखाको तर्फबाट मन्डी र त्रिपाल प्रकोप पिडितलाई उपलब्ध गराएको हो ।
पिडितलाई राहत उपलब्ध गराउँदै दुप्चेश्वर गाउँपालिका अध्यक्षले सदैव तत्पर, क्रियाशील र प्रभावकारी रुपमा जनताको घरदैलोमा पुगी स्थानीय सरकारको सार्थकता महशुस गराउन सफल छ र रहने प्रतिवद्धता व्यक्त गरे ।
साथै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक झंकनाथ ढकालले कुनैपनि प्रकोप थाहा नदिई नआइ अचानक आइपर्ने हुनाले यस्ता प्रकोपलाई सबै तह र तप्का मिलेर प्रकोप विरुद्ध डटेर सामना गर्नुपर्ने बताए ।
यसरी पिडितको घर आगनमै उपस्थित भई विना झन्झट राहत पाएकोमा दैविक प्रकोप उद्धार समिति र गाउँपालिका अध्यक्षप्रति पिडित तथा स्थानीयहरुले विशेष धन्यवाद प्रकट गरे ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १९:३१




















