नेपालमा थप १ सय ३३ जना सहित कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुग्यो
वि.सं.२०७७ साउन ९ शुक्रवार १९:२२
1.7K
shares
काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा थप १ सय ३३ जनामा कोरोना संक्रमण भेटिएको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ३३ जना संक्रमित भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा १ सय ०७ जना सहित हालसम्म १२ हजार ९ सय ४७ जना कोरोना निको भई डिस्चार्ज भएको र हालसम्म ४४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १९:२२




















