रामेछापमा कोरोना संक्रमितको संख्या १९ पुग्यो
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:२४
1.1K
shares
रामेछापः रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ । यस अगाडि संक्रमण पुष्टि भएका १७ जना सहित आज थप २ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १९ पुगेको हो ।
आज संक्रमण पुष्टि भएकोमा जिल्लाको मन्थली नगरपालिकाको १ जना र लिखुतामाकोसी गाउँपालिकाका १ जना गरी २ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । संक्रमित दुवै जना भारतबाट केहि दिन अगाडि गाउँ आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति भएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।
संक्रमण पुष्टि भएपछि उनीहरु दुवैलाई जिल्ला अस्पताल स्वास्थ्य कार्यालय राखिएको छ । यस अगाडि संक्रमण पुष्टि भएका १७ जनामध्ये १ जनाको अवस्था कमजोर हुँदै गएपछि काठमाडौं पठाइएको छ भने अन्य १६ जनाको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:२४




















