जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा बाहिरबाट उपत्यका प्रवेश गर्न थप कडाइ
वि.सं.२०७७ जेठ ३२ आइतवार २१:५४
1.6K
shares
काठमाडौं: जिल्ला प्रशासन कार्यालयले काठमाडौंले उपत्यका बाहिरबाट प्रवेशको लागि थप कडाइ गरेको छ । जिप्रकाले सूचना निकालेर काठमाडौं प्रवेशको लागि काठमाडौंको जुन नगरपालिकामा बसोबास छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
त्यसपछि विभिन्न जिप्रकाबाट अनुमति माग गरेर काठमाडौं जिप्रकामा अनुमति लिनुपर्नेछ । जोखिम विश्लेषण गरेर मात्रै जिल्ला प्रशासन कार्यालयले अनुमति दिने जनाएको छ । सरकारले काठमाडौंभित्रको पास भने रद्द गरेको छ । काठमाडौ छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र काम खुलाउनुपर्नेछ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २१:५४




















