रामेछापको वेथानस्थित लोप्रामा बलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाईते
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:२६
1.1K
shares
रामेछापः रामेछाप जिल्लाको सुनापति गाउँपालिका-४ को वेथानस्थित लोप्रामा बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनापति गाउँपालिका-४ का कल्याण खत्री भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बलेरोमा सवार अर्का एक जना ब्यक्ति भने घाईते भएका छन् ।
स्थानीय लोप्रा गाउँबाट बेथान तर्फ जाँदै गरेको बा १४ च १६१७ नं को बलेरो सडकबाट चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त बलेरो सडकबाट करिब डेढ सय मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा एकै परिवारका दुई जना सवार थिए । दुर्घटनामा परेका दुबै जनालाई स्थानीयहरुले उद्दार गरि उपचारको लागि तत्काल हेलिकप्टरबाट काठमाडौ पठाएका थिए ।
गाडि चालक कल्याण खत्रीको उपचारको क्रममा आईतबार दिउँसो हयाम्स अस्पताल काठमाडौमा मृत्यु भएको छ । १४ बर्षीय रविन खत्रीको स्वास्थ्य अवस्थामा भने सुधार आएको र ह्याम्स अस्पतालमा नै उपचार भईरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:२६




















