मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, योगेश भट्टराई पर्यटन मन्त्री
वि.सं.२०७६ साउन १५ बुधवार १५:२२
897
sharesकाठमाडौं: नेपाल कम्युनष्टि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो भट्टराईलाई बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए ।
नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।
भट्टराई मन्त्रीका लागि कार्यकर्ताहरुले इच्छ्याएका व्यक्ति हुन् । तत्कालीन एमाले अध्यक्ष समेत रहेका ओलीले निवार्चनका बेला ताप्लेजुङ पुगेर उनलाई चुनाव जिते मन्त्री बनाउने आश्वासन दिएर फर्किएका थिए । तत्कालीन एमालेका पदाधिकारीमा भट्टराई मात्र मन्त्री बन्न बाँकी थिए ।
वि.सं.२०७६ साउन १५ बुधवार १५:२२