Health Ad
YouTube Link

आयो एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा

Khanepani Dhal
Facebook Link

काठमाडौं: एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने भएको छ । आइतबार विहान बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षणबाट प्राप्त प्रतिफलको समीक्षा गर्दै बैंकले जारी गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाई धनीलाई लाभांश दिने निर्णय गरेको हो ।

राजधानीमा पत्रकार संमेलन गर्दै बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर कट्टा गरि सुलभ इन्भेष्टमेन्ट फण्डका इकाइ धनीलाई १५ प्रतिशत र हाइब्रिड फण्डका इकाई धनीलाई १० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ । फण्ड अन्तर्गत संचालन भएको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले विगत तीन वर्षदेखि इकाई धनीलाई लगातार नगद लाभांश वितरण गर्दै आएको छ ।

बैंकले संचालनमा ल्याएको एनएमबी हाइब्रिड फण्ड एल–१ नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा नेप्से १७५९.७१ विन्दुमा भएको र पछि बजार निरन्तर घट्दा समेत कम्पनीले योजनाको जोखिमलाई व्यवस्थापन गरी लांभाश वितरण गर्न सफल भएको बैंकले जनाएको छ । यसै अबसरमा बैंकले ‘एनएमबी ५०’ तेस्रो म्युचअल फण्ड समेत ल्याएको छ । बैंकले ५० वटा योजना समावेश गरी १ करोड २० लाख इकाइ बराबरको म्युचअल फण्ड सार्वजनिक गरेको हो ।

लगानीकर्ताको लगानीको सुनिश्चित गर्दै अधिकतम लाभांश प्रदान गर्ने गरी एनएमबी ५० म्युचुअल फण्ड ल्याएको बैंकले जनाएको छ । माग अनुसार फण्डलाई १ करोड २० लाखबाट अधिकतम एक करोड ५० लाख सम्म पुर्याइने बैंकका कार्यकारी निर्देशक श्रिजेश घिमिरेले जानकारी दिए । यो योजनाको प्राथमिक उद्देश्य नै उच्चतम प्रतिफल हासिल गर्ने रहेको हुँदा एनएबी ५० को अधिकांश लगानी इक्विटीमा रहने सिईओ घिमिरेले बताएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

वि.सं.२०८१ चैत १ शुक्रवार ११:५०

काठमाडौं: शुक्रबार (आज) सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ...

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

वि.सं.२०८१ माघ २७ आइतवार १२:४८

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९...

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८१ माघ २७ आइतवार १२:३७

काठमाडौं: प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध...

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

वि.सं.२०८१ माघ १९ शनिवार ०६:१६

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई...