YouTube Link

मोबाइल सेवा प्रदायक एनसेलका १६ टावरमा आगजनी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मोबाइल सेवा प्रदायक एनसेलका १६ टावरमा आगजनी गरेका छन् । बुधबार राति र बिहीबार बिहान भएका घटनामा विभिन्न जिल्लामा एनसेलका १६ टावरमा क्षति पुगेको हो । नेपाल टेलिकमको एउटा टावरमा आगजनी भएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको छ । राति ११ बजे टावरमा एक समूहले आगजनी गरेको हो । आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गर्ने समूहको पहिचान हुन नसके पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको आशंका प्रहरीले गरेको छ । घटनाबारे सोधपुछ गर्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपुर, बेनी, ललितपुर, सिन्धुपाल्चोक, तनहुँ, मोरङ, पोखरा, डोटी, गोरखा र भोजपुरमा एनसेलका टावरमा आगजनी भएको छ । कैलालीमा चारवटा टावरमा आगजनी भएको छ । नेपालगञ्जमा २ वटा टावरमा क्षति पुगेको छ । अर्घाखाँचीमा नेपाल टेलिकमको एउटा टावरमा क्षति पुगेको छ ।

बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको छ । घटनास्थलमा पुगेका प्रहरीले आगलागीबाट जेनेरेटर जलेको र ब्याट्रीमा क्षति पुगेको जानकारी दिएको छ । बेनी बजार नजिकै रहेको खबरा क्षेत्रमा राति साढे १० बजेतिर बिष्फोटको आवाज सुनिएको थियो । घटनास्थलको प्रकृति हेर्दा बिष्फोट भएको जस्तो नदेखिएको प्रहरी जनाएको छ ।

बिहीबार बिहान बाँकेमा एनसेलका २ टावरमा आगजनी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका-४ मेहमानपुरमा रहेको एनसेलको टावरमा बिहान साढे १ बजेतिर जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको भेटिएको छ । आगजनीबाट टावरका तारमा क्षति पुगेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नताको शंका गरिए पनि उसले जिम्मेवारी भने लिएको छैन ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीका विभिन्न क्षेत्रमा रहेका एनसेल टेलिकमका टावरमा आगजनी गरेको छ । बुधबार राति जिल्लाको जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकामा रहेका टावरमा आगजनी भएको छ । जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको छ । लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ । उता, गोदावरी नगरपालिका-९ मालाखेतीमा पनि एउटा टावरमा आगजनी भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ६ मा समेत नेकपाका कार्यकर्ताले एनसेलको टावरमा आगजनी गरेका छन् । आगजनीबाट टावरका उपकरण जेनेरेटर, कन्टोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएका छन् ।

त्यसैगरी ललितपुरको कोन्जोस्योम गाउँपालिका वडा नम्बर २ मा रहेको एनसेल टावरमा अपरिचित ब्यक्तिको समूहले आगो लगाउने प्रयास गरेको छ । गएराति करिब साढे १० बजेतिर उनीहरूले टावरमा लगेको तारको मुठोमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलले जानकारी दिएको छ ।

यसैबीच मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति अज्ञात समूहले टावरमाथि आगजनी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...