YouTube Link

मोबाइल सेवा प्रदायक एनसेलका १६ टावरमा आगजनी

World Cup 2026
Facebook Link

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मोबाइल सेवा प्रदायक एनसेलका १६ टावरमा आगजनी गरेका छन् । बुधबार राति र बिहीबार बिहान भएका घटनामा विभिन्न जिल्लामा एनसेलका १६ टावरमा क्षति पुगेको हो । नेपाल टेलिकमको एउटा टावरमा आगजनी भएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको छ । राति ११ बजे टावरमा एक समूहले आगजनी गरेको हो । आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गर्ने समूहको पहिचान हुन नसके पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको आशंका प्रहरीले गरेको छ । घटनाबारे सोधपुछ गर्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपुर, बेनी, ललितपुर, सिन्धुपाल्चोक, तनहुँ, मोरङ, पोखरा, डोटी, गोरखा र भोजपुरमा एनसेलका टावरमा आगजनी भएको छ । कैलालीमा चारवटा टावरमा आगजनी भएको छ । नेपालगञ्जमा २ वटा टावरमा क्षति पुगेको छ । अर्घाखाँचीमा नेपाल टेलिकमको एउटा टावरमा क्षति पुगेको छ ।

बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको छ । घटनास्थलमा पुगेका प्रहरीले आगलागीबाट जेनेरेटर जलेको र ब्याट्रीमा क्षति पुगेको जानकारी दिएको छ । बेनी बजार नजिकै रहेको खबरा क्षेत्रमा राति साढे १० बजेतिर बिष्फोटको आवाज सुनिएको थियो । घटनास्थलको प्रकृति हेर्दा बिष्फोट भएको जस्तो नदेखिएको प्रहरी जनाएको छ ।

बिहीबार बिहान बाँकेमा एनसेलका २ टावरमा आगजनी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका-४ मेहमानपुरमा रहेको एनसेलको टावरमा बिहान साढे १ बजेतिर जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको भेटिएको छ । आगजनीबाट टावरका तारमा क्षति पुगेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नताको शंका गरिए पनि उसले जिम्मेवारी भने लिएको छैन ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीका विभिन्न क्षेत्रमा रहेका एनसेल टेलिकमका टावरमा आगजनी गरेको छ । बुधबार राति जिल्लाको जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकामा रहेका टावरमा आगजनी भएको छ । जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको छ । लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ । उता, गोदावरी नगरपालिका-९ मालाखेतीमा पनि एउटा टावरमा आगजनी भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ६ मा समेत नेकपाका कार्यकर्ताले एनसेलको टावरमा आगजनी गरेका छन् । आगजनीबाट टावरका उपकरण जेनेरेटर, कन्टोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएका छन् ।

त्यसैगरी ललितपुरको कोन्जोस्योम गाउँपालिका वडा नम्बर २ मा रहेको एनसेल टावरमा अपरिचित ब्यक्तिको समूहले आगो लगाउने प्रयास गरेको छ । गएराति करिब साढे १० बजेतिर उनीहरूले टावरमा लगेको तारको मुठोमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलले जानकारी दिएको छ ।

यसैबीच मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति अज्ञात समूहले टावरमाथि आगजनी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...