YouTube Link

कोरोना कहरपछि नेपालमा विस्तारै बढ्न थाले पर्यटक

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरले तहनहस भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने थालेको देखिएको छ ।

नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेका छन् । चालु आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २८० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार ५ महिनामा अमेरिकाबाट १ हजार ३ सय १७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै बेलायतबाट ९ सय १ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ५ सय ७६ र भारतबाट ४ सय ३१ जना पर्यटक नेपाल आएका छन् ।

टर्कीबाट ३ सय ३, अस्ट्रेलियाबाट १ सय ३५, रसियाबाट १ सय ८०, फ्रान्सबाट १ सय ३५, जर्मनी र जापानबाट १ सय ८, जोर्डन र माल्दिभ्सबाट १ सय ६, मेक्सिकोबाट १ सय १२, पोर्चुगलबाट एक सय र श्रीलंकाबाट १ सय २ जना पर्यटक नेपाल भित्रिएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायका १ सय १५ जना कर्मचारी समेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...