YouTube Link

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

Facebook Link

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनाहरू बगाएर व्यापक भौतिक क्षति पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका-३ स्थित न्याकचेटबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका-५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।

 

त्यसैगरी आरूघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित पक्की पुल तथा माछाखोलाको पुल पूर्ण रूपमा बगेको छ । आरूघाटबाट धादिङ जोड्ने नयाँपुल (आरूघाट-९) मा रहेको पक्की पुलको गोरखातर्फको भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र त्यस वरपरका ७ देखि ८ वटा घरहरू बाढीले बगाएको छ । साथै, सिर्दिबासमा राम बहादुर गुरुङको १ वटा कच्ची घर बगाएको छ भने १ वटा घरमा बाढी छिरेको छ । अन्य जलविद्युत् आयोजनाहरूमा पनि बाढीले क्षति पुर्यासएको छ ।

 

धार्चे गाउँपालिका-५ माछीखोलास्थित तल्लो माछीखोलामा ५ देखि ७ वटा घर तथा ५ देखि ७ वटा टहरामा बाढी पसेको छ । यस्तै, धार्चे गाउँपालिका-३ सल्लेरीका २० देखि २२ वटा घरहरू बाढी र कटानको उच्च जोखिममा परेका छन् । नदी किनारका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

 

आरूघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीहरू तथा अस्पतालका कर्मचारीहरूलाई गाउँपालिकाको गाडी, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवा क्लबहरूको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पनि नदी किनारका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्न खटिएका छन् । मन्त्रालयका अनुसार स्वास्थ्य संकट व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन तथा सूचना सञ्चार केन्द्र लाई अलर्ट अवस्थामा राखेको छ । साथै गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली र आपत्कालीन चिकित्सकीय टोलीलाई आवश्यक स्वास्थ्य सामग्रीसहित उच्च सतर्कता र तयारी अवस्थामा राखिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...