अवैध रुपमा भारतबाट औषधी ल्याँउदै गर्दा चार जना पक्राउ
वि.सं.२०७५ चैत १७ आइतवार १८:२३
1.2K
sharesझापा: भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याएको विभिन्न औषधी सहित ४ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बाह्रदशी गाउँपालिका-४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र काठमाडौं जोरपाटी बस्ने भारत जंगपुरी दिल्ली घर भएका ३२ वर्षीय फुन्चोक लामा रहेका छन् ।
झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर जि १४४० नम्बरको मोटरसाइकल, मे.६ प १०१६ नम्बरको मोटरसाइकल र मे.१ च ४०६३ नम्बरको मारुती भ्यान जाँच गर्ने क्रममा ती सवारी साधनमा अवैध रुपमा लुकाई छिपाई ल्याएको विभिन्न औषधी फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ब्रेष्ट्रिाम आयल तेल ७ सय ९९ पिस, ओरालिस्ट्याट क्यापसुल इएसपी ३ सय ३५ पिस, फ्लोमिस्ट नसल स्प्रे उल्लेखित ९ सय ६० पिस, क्यारेपरोष्ट उल्लेखित ३ सय पिस, अमाग्रा उल्लेखित १ हजार पिस र जुरिज उल्लेखित १ कार्टुनमा रहेको जम्मा ४ सय ५ वटा बट्टा, फोरड्रम उल्लेखित १ हजार २ सय पिस र पि-फोर्स उल्लेखित ९ सय ९० पिस प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७५ चैत १७ आइतवार १८:२३