YouTube Link

कोरोना भाईरसको संक्रमण आठ जिल्लामा पुग्यो, प्रदेशको आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा

World Cup 2026
Facebook Link

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ कोरोना भाईरस संक्रमितको संख्या संख्या ३० पुगेको जनाएको छ । जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारको क्रममा रहेका जनाएको छ ।

उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । शुक्रबारको तथ्यांकपछि कोरोनाको संक्रमण पुगेको जिल्लाको संख्या भने बढेको छ । नेपालको ७७ जिल्लामध्ये ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए । काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए । शुक्रबार एकै पटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ ।

संख्याको आधारमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ । कैलालीमा ४ जना संक्रमित छन् । त्यसपछि पर्सामा ३ जना, बाग्लुङमा २ जना छन् । शुक्रबारै चितवनमा २ जना फेला परेका छन् । रौतहट र कञ्चनपुरमा १-१ जना संक्रमित फेला परेका छन् ।

प्रदेशको आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा देखिएको छ । प्रदेश नम्बर २, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ३ मा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...