YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । पहिलो खेल हिमालयन शेर्पा र च्यासल युथ क्लब बिच हुनेछ भने भने दोस्रो खेलमा साविक बिजेता मनाङ र न्यरोड टिम एनआरटी तथा जाउला खेल युथ क्लब र फ्रेण्डस् बिच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन शेर्पा रेलिगेसनको दबाबमा छ । उसले एउटा मात्र खेल जित्न सफल भएको छ । चार बराबरी र पाँच हार खेलेको शेर्पाको सात अंक छ । रेलिगेसन जोनभन्दा दुई अंकले मात्र माथि रहेको हिमालयन शेर्पा क्लबलाई आजको जित निकै महत्वपूर्ण छ । च्यासलसँग जित निकाले शेर्पा क्लब एघारौं स्थानमा उक्लिनेछ । च्यासल भने रेलिगेसन जोनबाट माथि छ । च्यासल १० खेलबाट १२ अंक बनाउँदै दशौं स्थानमा छ । उसले तीन जित, तीन बराबरी र चार हारको नतिजा निकालेको छ ।

दोस्रो खेलमा फ्रेण्ड्स र जावलाखेल युथ क्लब प्रतिष्पर्धा गर्दैछन् । लिगमा जावलाखेल १४ अंक बनाउँदै सातौं स्थानमा छ । उसले १० खेलमा चार जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ । आज फ्रेण्ड्सलाई हराउन सकेमा जावलाखेलको सुपर सिक्समा रहेको लिग टुंगाउने सम्भावना बलियो हुनेछ । १४ अंक सहित नवौं स्थानमा रहेको फ्रेण्ड्स पनि जावलाखेललाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ ।

आजै तीन बजे हल्चोक मैदानमा हुने मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीचको खेलमा सर्वाधिक चासो रहनेछ । उपाधि रक्षाको अभियानमा रहेको मनाङ फ्रेण्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । जित निकाले मनाङलाई उपाधिको आशा पनि कायम राख्न सहयोग गर्नेछ । मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ । छैटौं स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...