YouTube Link

रामेछापका युवा नेता कैलाश ढुंगेलद्वारा भूगोलको ‘क्लस्टर’बाट पहिलो उम्मेदवारी घोषणा

Facebook Link

 

काठमाडौं: कैलाश प्रसाद ढुंगेलले एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा भूगोलको ‘क्लस्टर’बाट पहिलो उम्मेदवारी घोषणा गरेका छन् ।

 

एमालेको केन्द्रीय सदस्यसहित रामेछाप जिल्ला इन्चार्जसमेत रहेका ढुंगेलले बागमती प्रदेशबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

संकटको समयमा पार्टीलाई जोगाउन र संगठन धान्ने पंक्तिको समर्थन आफूलाई हुने बताएका छन् । आफू भूगोलमै क्रियाशील रहन बागमतीकै प्रतिनिधित्व गरेर केन्द्रीय सदस्य बन्न लागेको ढुंगेल बताउँछन् ।

 

ढुंगेलको नाम केवल रामेछाप मात्रै सिमित छैन । नेकपाकालमा पार्टीभित्र देखिएको अन्तरविरोध मिलाउन होस् वा एमाले ब्यूँतिसकेपछि ओली माधबको टसललाई नेता कार्यकर्ताको तहबाट दबाब दिने भूमिकामा होस् उनी अहिले देशब्यापी चर्चामा छन् ।

 

रामेछापमा एमाले कार्यकर्ताले कैलाश ढुंगेललाई ‘कैलाश बा’ भनेर पनि चिन्ने गरिन्छ । पटक-पटकको पार्टी विभाजनमा ‘शतिसाल’ भई उभिँदै आएका ढुंगेल केपी ओली संस्थापक अध्यक्ष रहेको युवा संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन् ।

 

रामेछाप प्रदेशसभा क्षेत्र ‘ख’बाट भारी मतका साथ विजयी भएका ढुंगेल बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री समेत हुन् ।

 

साढे ३ वर्ष आर्थिक मामिला तथा योजनामन्त्री बनेका ढुंगेलले केही लोकप्रीय कार्यक्रम पनि ल्याएका थिए । कोभिडका कारण बाबु र आमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने र अन्य कारणले बाबु आमा गुमाएका बालबालिकालाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यक्रम निकै प्रशंसा बटुलेका कार्यक्रम हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...