YouTube Link

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन ल्याउने १५  पक्राउ

प्रहरीद्वारा उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री समेत बरामद

Facebook Link

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सिंगापुर र मलेसियाबाट आएका १५ जना यात्रुबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।

 

उनीहरुले भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

प्रहरीले उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको हो ।

 

पक्राउ परेकाहरुले उक्त सुन आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीसँगको बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौंसम्म पुर्‍याइदिन भनेको र सोही अनुसार आफूहरुले काम गरेको बताएका छन् ।

 

उनीहरुले सम्बन्धित व्यक्ति बुझ्न आउने भनेपछि आफूहरुले सुन ल्याइदिन तयार रहेको उनीहरुको भनाइ छ । मलेसिया र सिंगापुरमा सुन दिने व्यक्तिहरु आफूहरुले नचिनेको समेत उनीहरुले दावी गरेका छन् ।

 

मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा प्रहरीले शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो ।

 

अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट आइतबार शंकास्पद १५ जनालाई पक्राउ गरेको हो ।

 

उनीहरुले मलेसिया र सिंगापुरको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले उक्त सुन दिइ पठाएको र काठमाडौं विमानस्थल वरपरका होटलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनू भनेको प्रहरीसँगको बयानमा भनेका छन् ।

 

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...