Rajshow Bivag

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

Departmant of helth services

काठमाडौं:  पाँचथर, हिलिहाङ गाउँपालिका – १ मालबासेस्थित सडकमा लु।४ त २३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा मुढेशनिश्चरे बस्ने २४ वर्षीय थल बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको  हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा, निस्दी गाउँपालिका – ७ मोटेखर्कस्थित सडकमा ना।८ ख ७९०५ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका – १३ बस्ने ४० वर्षीय पूर्ण बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

कैलाली, बर्दगोरिया गाउँपालिका – २ झगडपुरस्थित सडकमा से।१ त ४३९९ नम्बरको ट्याक्टर ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा  ट्याक्टरका सह(चालक सोही गाउँपालिका – २ बस्ने ३० वर्षीय दिपक मौनीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बर्दगोरीया अस्पताल प्रालि बौनिया हुँदै थप उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – ७ स्थित  सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका – १ बस्ने मनोज नेपालीको ३  वर्षीय छोरा समिर नेपालीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत हुँदै थप उपचारका लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल सहित फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

लमजुङ, दोर्दी गाउँपालिका – ४ सिर्केभिरस्थित सडकमा ग।१ ज ७१२७ नम्बरको बलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेर मंगलबार बेलुका दुर्घटना हुँदा जिपमा सवार दोर्दी गाउँपालिका – ५ पाचोक बस्ने ७० वर्षीया सुनि गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको जिल्ला सामुदायिक अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19238/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...