YouTube Link

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

Facebook Link

काठमाडौं:  पाँचथर, हिलिहाङ गाउँपालिका – १ मालबासेस्थित सडकमा लु।४ त २३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा मुढेशनिश्चरे बस्ने २४ वर्षीय थल बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको  हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा, निस्दी गाउँपालिका – ७ मोटेखर्कस्थित सडकमा ना।८ ख ७९०५ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका – १३ बस्ने ४० वर्षीय पूर्ण बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

कैलाली, बर्दगोरिया गाउँपालिका – २ झगडपुरस्थित सडकमा से।१ त ४३९९ नम्बरको ट्याक्टर ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा  ट्याक्टरका सह(चालक सोही गाउँपालिका – २ बस्ने ३० वर्षीय दिपक मौनीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बर्दगोरीया अस्पताल प्रालि बौनिया हुँदै थप उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – ७ स्थित  सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका – १ बस्ने मनोज नेपालीको ३  वर्षीय छोरा समिर नेपालीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत हुँदै थप उपचारका लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल सहित फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

लमजुङ, दोर्दी गाउँपालिका – ४ सिर्केभिरस्थित सडकमा ग।१ ज ७१२७ नम्बरको बलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेर मंगलबार बेलुका दुर्घटना हुँदा जिपमा सवार दोर्दी गाउँपालिका – ५ पाचोक बस्ने ७० वर्षीया सुनि गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको जिल्ला सामुदायिक अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19238/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...