पश्चिमी न्युन चापीय प्रणाली प्रवेशका कारण देशभर चिसो बढ्यो, आजदेखि फेरि वर्षा र हिमपात
वि.सं.२०७६ पुस २२ मंगलवार ०९:२७
1.4K
shares
काठमाडौः पश्चिमी न्युन चापीय प्रणालीका कारण आज काठमाडौं लगायत देशभर चिसो बढेको छ । आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौं लगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ । पश्चिमी उच्च हिमाली भूभागमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भूभागमा भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा वर्षाको सम्भावना छ । शुक्रबारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ । पश्चिमी निम्नचापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन विभागले अनुरोध गरेको छ ।
वि.सं.२०७६ पुस २२ मंगलवार ०९:२७




















