११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो
वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५
336
shares
काठमाडौं: गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए । गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरू राखिएको थियो ।
११ वटा दमकल सहित तीन वटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कुलको भवन र केही घरमा पनि क्षति पुगेको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो ।
वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५




















