YouTube Link

छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै

Facebook Link

काठमाडौं: छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदैछ । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शनिबार ‘नहाय खाय’ सम्पन्न गरेका व्रतालुले कात्तिक शुक्ल पञ्चमी तिथिका दिन आज ‘खरना’ मनाउन लागेका हुन् ।

 

आज बिहानै पवित्रस्थलमा स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खीर कूल देवता, छठी देवी र चन्द्रमालाई चढाइ व्रतालुले प्रसाद स्वरुप खाने गर्दछन् । शनिबार व्रत सुरु गरेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

 

पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनाइएको घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई ‘सझियाघाट’ भनिन्छ । त्यसैगरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा रहेको छ ।

 

यस पर्वमा बाँसको ढकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

 

महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन्...

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:५९

काठमाडौं: मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली सकेला, लिम्बुहरूको...

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:३८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

वि.सं.२०८२ मंसिर १७ बुधवार १२:०१

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२ औं खेलमा आज...

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १७ बुधवार ०६:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

वि.सं.२०८२ मंसिर १५ सोमवार १२:१६

काठमाडौं: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान...