YouTube Link

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार

Facebook Link

काठमाडौं: तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदैछ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

 

गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ ।

 

गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचिन कालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन्...

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:५९

काठमाडौं: मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली सकेला, लिम्बुहरूको...

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:३८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

वि.सं.२०८२ मंसिर १७ बुधवार १२:०१

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२ औं खेलमा आज...

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १७ बुधवार ०६:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

वि.सं.२०८२ मंसिर १५ सोमवार १२:१६

काठमाडौं: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान...