YouTube Link

पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता

Facebook Link

रामेछापः उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी लगायत गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको उपस्थिति र सहमतिमा सो प्रतिबद्धता जनाएको छ ।

 

गाउँपालिकाले जनप्रतिनिधिहरू र बाल सरोकारवालाहरूका लागि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सो प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । प्रतिबद्धता पत्रमा गाउँपालिकाका सबै जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर २०८३ साल माघ मसान्तसम्म उमाकुण्ड गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने सामूहिक प्रतिबद्धता जनाएको हो ।

 

 

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुनुवारले तोकिएको समयभन्दा अघि नै घोषणा गर्ने गरी काम गर्नुपर्ने जनाउँदै त्यसका लागि सबै वडा कार्यालयहरूले पनि सोही बमोजिम गरिदिन हुन समेत आग्रह गर्दै गाउँपालिकालार्इ बालमैत्री शासन घोषणा गर्ने प्रतिबद्धतालाई पूरा गर्न सबै गाउँपालिकावासीको पनि सहयोग र समर्थनको खाँचो रहेको बताए । सोही अवसरमा बोल्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका प्रवक्तले गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्न सबैले मिलेर बालमैत्री शासनका लागि चाहिने सूचकहरू पूरा गर्दै जसरी पनि २०८३ साल माघसम्म बालमैत्री शासन घोषणा गरेरै छाडिने बताए ।

 

सो अभिमुखीकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न सूचक र त्यसलाई कार्यान्वयनका बारेमा जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई जानकारी गराइएको उमाकुण्ड गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कविता सुनुवारले बताए । अभिमुखीकरणा कार्यक्रममा कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुख लगायत कर्मचारीहरू, माध्यमिक विद्यालयका प्रधानाध्यपकहरू, बाल क्लब र बालअधिकार समितिका पदाधिकारीहरू, टोल विकास समितिका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, महिला स्वयंसेवकहरू लगायतको सहभागिता रहेको थियो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...