YouTube Link

दोरम्बा पहिरोमा परी ६ जनाको मृत्यु, ४ जना बेपत्ता

World Cup 2026
Facebook Link

रामेछाप: रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखखर्कमा गएराती गएको पहिरोमा परी हालसम्म ६ जनाले ज्यान गुमाए छन् । घटनामा सोही ठाउँका ११ वर्षीय अन्जना श्रेष्ठ घाइते भएकी छिन् भने ४ जना बेपत्ता भएका छन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

घाईते श्रेष्ठको कम्मरभन्दा मुनिको भाग नचल्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको उपचारका  लागि दोरम्बा स्वास्थ्य चौकीबाट चिकित्सकको टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकव छ । प्रहरीका अनुसार पहिरोमा परि दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेखखर्क बस्ने ३० वर्षीय चण्डिका श्रेष्ठ र सोही ठाउँका १८ महिनाका नाबालक आमुष श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै सोही ठाउँका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

आज बिहान लेखखर्कस्थित पहरी गाउँमा अविरल वर्षाका कारण गाउँ माथिबाट भल बाढी र पहिरो आई ३ वटा घर बगाएको र एक घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनास्थलमा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षकको टोली सहित ११ जनाको टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी उद्धारको काम जारी रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...