Rajshow Bivag

काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

Departmant of helth services

 

काठमाडौं: काभ्रेको पाँचखाल नगरपालिका-७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुसको राति) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

 

बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका-८ घर भइ हाल पाँचखाल नगरपालिका-७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका-८ घर भइ पाँचखाल-७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका-४ घर भई हाल पाँचखाल-७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन् ।

 

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्ने सबै मजदुर भएको प्रहरीले जनाएको छ । विवाहित ती युवती पनि मजदुर नै हुन् । रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन् । उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

 

प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा घरबाहिर निस्केको बेला बलात्कारमा परेकी हुन् । साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।

 

आफूलाई बलात्कार गर्नेहरुको पहिचान युवतीले गर्न नसकेपछि प्रहरीले ६० जना भन्दा धेरै पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...