आममाफी पाएका योगराज ढकाल ‘रिगल’ नेपालगन्जबाट पक्राउ

 

काठमाडौं: सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल नेपालगन्जबाट पक्राउ पक्राउ परेका छन् । कर्तव्य ज्यानको अभियोगमा दोषि ठहर भएका ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

 

संविधान दिवशको अबसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए । सर्वोच्च अदालतले बदर गरिदिएपछि रिगललाई पक्राउ गर्न प्रहरी परिचाल गरिएको थियो ।

 

राष्ट्रपतिले दिएको आममाफीविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन् । बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गरिदिएको हो ।

 

सर्वोच्च अदालतले आज ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।

 

‘कैद कट्टी गर्ने/कम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारबाही र निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी, यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरुसहित कानुनमा उल्लेख भएका अन्य शर्तहरु समेतको समूचित रुपमा अनुशरण गरी तथा अवस्थाअनुसार सार्वजनिक हित, चासो र सरोकारका विषयतर्फ समेत दृष्टिगत गरी सजाय क मगर्ने वा घटाउने, छुट दिने निर्णय गर्न र यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्र निर्णय गर्नु भनी प्रत्यार्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।’ आदेशमा उल्लेख छ ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...