YouTube Link

तीन दिनमा कोशी प्रदेशभित्र ३३ जना व्यक्तिको उद्धार 

Facebook Link

 

विराटनगर: नेपालीहरुको चाड वडादशैंसँगै दीपावली, छठ, नेपाल संवत् लगायतका चाडपर्व सुरु भईसकेको छ । चाडपर्व सुरु हुँदै गर्दा धेरै मानिसहरु आफ्नो घर-ठाँउ जाने चटारोमा देखिन्छन् ।

 

तर केहि व्यक्तिका लाथि भने नजिकिएको चाडपर्वमा न घर, न छत , न परिवार छ । बस उनीहरुको लागि घर त्यही सडक र छत खुल्ला आकाश बनिरहेको छ । तिनै सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिकरूपमा कमजोर व्यक्तिहरुको लागि मानव सेवा आश्रम सहारा बनिरहेको छ । विगत लामो समयदेखि बेसहाराको सहारा भन्दै आएको मानव सेवा आश्रमले यस वर्ष समेत ‘चाडपर्वमा कोही नरहुन् सडक’ मा भन्ने मुल नाराका साथ मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को तय गरेको छ । यस अभियानलाई साथ दिँदै गत २६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट मिलेको शुभ-कामना सहित अभियानको यात्रा प्रारम्भ भएको थियो ।

 

 

‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ अभियानमा मानवसेवा आश्रमले गत २७ गते मेचीपुलमा दीप प्रज्वलन गरी यात्राको शुभारम्भ गरे । त्यस लगत्तै गत २८ गतेदेखि पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ सुरु भएको हो । आगामी मङसिर ४ गतेसम्मको लागि उद्धारको यात्रा तय गरेका आश्रमका अभियान्ताले पहिलोदिन मेचीनगरदेखि सुरुङगा क्षेत्रसम्म उद्धार कार्य गर्दै आउँदा उक्त दिन १० जना व्यक्तिको उद्धार गरिएको थियो जसमा ३ जना महिला, ६ जना पुरुष र १ जना बालिकाको उद्धार भएको मानवसेवा आश्रमले जनाएको छ ।

 

त्यस्तै, दोस्रोदिन अर्थात गत २९ गते सोमबार विहानैदेखि आश्रमका अभियान्ताहरुले झापाको दमक नगरपालिका, उर्लाबारी नगरपालिका र काने पोखरी गाँउपालिका परिसरबाट १३ जना सडक मानवको उद्धार गरेको छ । त्यसदिन उद्धार हुनेमा ७ जना पुरुष र ३ जना महिलाहरुको रहेका छन् । यससँगै, मानव सेवा आश्रमले मंगलबार विराटनगर धरान र इटहरी क्षेत्रमा  उद्धार गरेको छ । जसमा पुरुष ९ जना र महिला १ जना गरेर जम्मा व्यक्ति १० जना छन् ।  यसरी उद्धारको तेस्रोदिनसम्म आउँदा ३३ जना व्यक्तिको उद्धार गरिएको छ ।

 

 

खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त गरिएका व्यक्तिहरुका लागि आश्रमले सधै आफ्नो डोका खुल्ला गरेको छ । करिब २०६९ सालमा केही युवा मिलेर सडकमा बेवारिसे जीवन बिताइरहेका मानवको उद्धारका लागि ‘मानव सेवा आश्रम’ नामक सामाजिक संस्था स्थापना गरेका थिए। स्थापनाकालदेखिको लक्ष्य अनुसार आश्रमले विसं २०८२ सालसम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कल्प लिएको छ । जसमा  संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साथ र सहयोग आवश्यक पर्ने छ ।

 

विगतमा समेत मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा

मानव सेवा आश्रमको यो उद्धार यात्रा पहिलो पटक भने हैन । विगतमा समेत यस्तो यात्रा गरिएको थियो भने यो तेस्रो पटकको यात्रा हो । पहिलो यात्रा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०७७ सालमा भएको थियो ।  त्यतिबेला ‘सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष-२०७८ सफल पारौं’ भन्ने नारासहित सुरु गर्दा प्रधानमन्त्री  केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । त्यति बेला भएको उद्धारमा करिब ७ सय जना व्यक्तिको उद्धार गरिएको थियो । साथै, दोस्रो ‘महाकाली-मेची राष्ट्रिय उद्धार यात्रा २०७८’ मा भएको थियो । सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको आश्रमले त्यतिबेला करिब ५ सय जना व्यक्तिको उद्धार गरिएको थियो । त्यस्तै, यस वर्षको अभियानले  देशलाई सडक मानव मुक्त बनाउँने लक्ष्य सफल हुनेमा आश्रमको विश्वास छ । यद्यपि, यस अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले जोड गरेको देखिएको छ ।

 

 

यात्राको लक्ष्य

यो यात्रा ३८ दिनको देशका ४३ जिल्लामा पुग्ने लक्ष्य र अभियानका क्रममा ३ सय बढी सहयोगापेक्षी मानवको उद्धार गर्ने आँकलन मानव सेवा आश्रमको छ । यस अभियानमा आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा यो अभियान सञ्चालन भएको हो । अहिले कोशी प्रदेशमा पुगेको उद्धार टोलीबाट उद्धार भएका व्यक्तिहरुलाई विराटनगरस्थित रहेको आश्रममा राखिने भएको छ । अहिले भईरहेको अभियानमा स्थानीय सरकार, प्रहरी प्रशासन, एम्बुलेन्स र स्यवंसेवकको सहकार्यमा सडक मानवको उद्धार गरिएको छ । यस अभियानले सडक मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य आश्रमको छ । जसको लागी आश्रमले तिव्र रुपमा आफ्ना अभियानहरु अघि बढाईरहेको छ । मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लामा २४ सेवाकेन्द्रहरु सञ्चालन गरी ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन लगायत कार्य गर्दै आइरहेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...