आज हरितालिका तीज, भगवान शिवको पूजाआराधना गरी मनाईदै

 

काठमाडौं: आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन् ।

 

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ ।

 

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको मान्यता छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

 

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिमका छन् । सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत बस्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिनेछ ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...