YouTube Link

यो वर्ष हामी चिडियाखानामा टाईगर गेट बनाउँदैछौं, जसले यो चिडियाघरको रिफलेक्सन गर्छ: मेयर चिरिबाबु महर्जन

Facebook Link

 

काठमाडौं: ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेको बताए ।

 

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।

 

त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाइ थियो ।

 

मेयर महर्जनले भने, ‘यो वर्ष हामी त्यो टाईगर गेट बनाउँदछौं । जसले यो चिडियाघरको रिफलेक्सन गर्छ । अर्को कुरा चाहिँ मैले बोलेपछि गर्नैपर्छ । गर्न पाइएन भने रिस उठ्छ । यहाँ चाहिँ ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदाखेरी अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदाखेरी उहाँहरुले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसको चाहिँ म व्यवस्थापन गर्न गईरहेको छु । त्यो चाहिँ लगभग १४/१५ सिटको त्यो चाहिँ घुमिरहन्छ ।’

 

कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...