गरिब तथा विपन्न र वेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था आउँदैनः स्वास्थ्यमन्त्री बस्नेत
वि.सं.२०८० साउन १३ शनिवार १६:४६
3.3K
shares
काठमाडौं: दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन् ।
शनिबार दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेलमा नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भिभिआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन् ।
उनले नेपालमै हुनसक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे । आफु मन्त्रालयमा आएपछि गरिब तथा विपन्न र वेवारिस नागरिकको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । मन्त्री बस्नेतले अव कुनैपनि गरिब तथा विपन्न र वेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राखे ।
त्यस्तै उनले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालको भौतिक संरचनाको पनि निरिक्षण गरेका थिए ।
वि.सं.२०८० साउन १३ शनिवार १६:४६




















