पिके हाइड्रोपावरको ज्यादती विरुद्ध ५५ सदस्यीय संघर्ष समिति गठन
वि.सं.२०८० साउन ७ आइतवार १०:२७
काठमाडौं: पिके हाइड्रोपावरको ज्यादती विरुद्ध ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाको प्रभावित वडा नं. ३, ४, ७ र उमाकुण्ड गाउँपालिका रामेछापका जनता आन्दोलित भएका छन् ।
हाइड्रोपावरविरुद्ध शनिबार कमल सुनुवारको सयोजकत्वमा ५५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिले थप संघर्षको कार्यक्रम गर्ने घोषणा समेत गरेको छ ।
संघर्ष समितिका संयोजक सुनुवारले हाइड्रोपावरले प्रभावित क्षेत्रका जनतामाथि विभेद गरेको आरोप लगाएका छन् । ‘खिजीदेम्बा गाउँपालिकाको वडा नं. ३, ४ र ७ मा लिखु नदीको सिमाना पर्छ तर प्रभावित क्षेत्र पारिएको छैन ।’ उनले भने- ‘यहीँबाट थाहा हुन्छ कि उनीहरूको नियत कति सहि छ भनेर ?’
त्यस्तै, प्रभावित क्षेत्रमा रामेछाप उमाकुण्ड गाउँपालिकाको वडा नं. ५ लाई नपारिएको र सोलुखुम्बु जिल्लाको गोलीलाई मात्रै पारेको तर अन्य प्रभावित क्षेत्रलाई समाबेश नगरेको संयोजक सुनुवारको आरोप छ । केहि स्थानीय दलाल र जल माफिया मिलेर जनतालाई गुम्राहमा राखेर प्राकृतिक स्रोतको दोहोन गरी भ्रष्टाचार गर्नु खोजेको उनको भनाई छ ।
संघर्ष समितिले वातावरणीय प्रभाव मुल्यांकन प्रतिबेदन पुनः गर्नुपर्ने, सम्पूर्ण प्रभावित क्षेत्रका जनतालाई समाबेश गर्नुपर्ने माग गरेका छन् । पिके हाइड्रोपावरले प्रभावित क्षेत्रका नागरिकको कुरालाई बेवास्ता गरे कुनैपनि हलतमा हाइड्रोपावर सञ्चालन गर्न नदिने संघर्ष समितिले चेतावनी दिएको छ ।
वि.सं.२०८० साउन ७ आइतवार १०:२७