सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो
वि.सं.२०८० साउन ५ शुक्रवार ०७:३१
1.9K
shares
काठमाडौं: सय केजी सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन् । राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार (४ असार) साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ । साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन् ।
पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ । अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।
यी हुन पक्राउ परेकाहरूः
१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२. थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३. रामकुमार भुजेल (दोलखा)
४. दीलिप भुजेल (दोलखा)
५. हर्कराज राई (भोजपुर)
६. अशोक लामा (ट्याक्सी चालक)
७. राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०. राजेन्द्र राई (भन्सार एजेन्ट)
वि.सं.२०८० साउन ५ शुक्रवार ०७:३१



















