प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतले पारित
वि.सं.२०८० साउन १ सोमवार ०७:१०
1.5K
shares
काठमाडौं: प्रतिनिधिसभा बैठकबाट मिटरब्याजसँग सम्बन्धित विधेयक (मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०) पारित भएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’, भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ ।
वि.सं.२०८० साउन १ सोमवार ०७:१०



















