Rajshow Bivag

वैशाख २७ सम्म तार व्यवस्थापन गर्न महानगरको अल्टिमेटम, व्यवस्थापन नगरे काठमाडौं महानगर आफैँले काट्ने

Departmant of helth services

 

काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी  वैशाख २७ गतेसम्म महानगरभित्रका अव्यवस्थित तार व्यवस्थापन नगरे आफै काटिदिने चेतावनी दिएको छ ।

 

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै २७ वैशाखसम्म सडकमा अव्यवस्थित रूपमा रहेको तार व्यवस्थापन गर्न पत्र काटिसकेको छ ।

 

दिइएको समयभित्र तार व्यवस्थापन नगरे महानगर तार काट्न बाध्य हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘अहिले उपत्यकाका सडकमा तार गुजुल्टो परेका छन्, फुटपाथमा समेत तारले अवरोध गरेको छ,’ उनले भने, ‘टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनी र विद्युत् प्राधिकरणले तार व्यवस्थापन गर्नुपर्छ ।’ महानगरले तार व्यवस्थापन गर्न यसअघि पनि सम्बन्धित निकायहरूसँग छलफल गर्दै आएको थियो । ती निकायहरूले चासो नदिएको उनले बताए ।

 

महानगरका मेयर बालेन्द्र साहले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सहरी सौन्दर्यकरणमा तार बाधक भएको बताएका छन् । उनले यसलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने बताउँदै सम्बन्धित निकायले तार व्यवस्थापन गर्न अटेरीसमेत गरेको बताएका छन् । ‘सहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला, त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक रूपमा तिनले सहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्, गत वर्ष मात्रै अव्यवस्थित तारहरूको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।’

 

मेयर साहले यसलाई व्यवस्थित बनाउन संघीय सरकारलाई कानुन निर्माण गर्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए । उनले १५ दिनपहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरे पनि सुनुवाइ नभएको र उल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तार नकाट्न आदेश आएको जानकारी दिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...