YouTube Link

वैशाख २७ सम्म तार व्यवस्थापन गर्न महानगरको अल्टिमेटम, व्यवस्थापन नगरे काठमाडौं महानगर आफैँले काट्ने

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी  वैशाख २७ गतेसम्म महानगरभित्रका अव्यवस्थित तार व्यवस्थापन नगरे आफै काटिदिने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै २७ वैशाखसम्म सडकमा अव्यवस्थित रूपमा रहेको तार व्यवस्थापन गर्न पत्र काटिसकेको छ ।

दिइएको समयभित्र तार व्यवस्थापन नगरे महानगर तार काट्न बाध्य हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘अहिले उपत्यकाका सडकमा तार गुजुल्टो परेका छन्, फुटपाथमा समेत तारले अवरोध गरेको छ,’ उनले भने, ‘टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनी र विद्युत् प्राधिकरणले तार व्यवस्थापन गर्नुपर्छ ।’ महानगरले तार व्यवस्थापन गर्न यसअघि पनि सम्बन्धित निकायहरूसँग छलफल गर्दै आएको थियो । ती निकायहरूले चासो नदिएको उनले बताए ।

महानगरका मेयर बालेन्द्र साहले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सहरी सौन्दर्यकरणमा तार बाधक भएको बताएका छन् । उनले यसलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने बताउँदै सम्बन्धित निकायले तार व्यवस्थापन गर्न अटेरीसमेत गरेको बताएका छन् । ‘सहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला, त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक रूपमा तिनले सहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्, गत वर्ष मात्रै अव्यवस्थित तारहरूको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।’

मेयर साहले यसलाई व्यवस्थित बनाउन संघीय सरकारलाई कानुन निर्माण गर्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए । उनले १५ दिनपहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरे पनि सुनुवाइ नभएको र उल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तार नकाट्न आदेश आएको जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...