आज देशका अधिकांश स्थानमा मौसम बदली हुने, पश्चिमी र पूर्वी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना
वि.सं.२०७६ भदौ १ आइतवार ०९:४४
1.4K
sharesकाठमाडौं: देशको पूर्वी र पश्चिमी भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
मनसुनको न्युन चापी रेखा औसत स्थानको आसपासमा रहेको पूर्वानुमान गरिएको छ । साथै भारतको उत्तर पूर्वी राजस्थान तथा हरियाणातिर निम्न चापीय प्रणाली अवस्थित रहेको जनाउँदै पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वि.सं.२०७६ भदौ १ आइतवार ०९:४४