हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा चयन

वि.सं.२०७९ पुस २४ आइतवार १७:३९

विराटनगर: प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की चयन भएका छन ।
प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।
कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्ता गठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसकेका छन् ।

वि.सं.२०७९ पुस २४ आइतवार १७:३९