YouTube Link

नेपाली वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीलाई अमेरिकी संस्थाबाट स्वर्ण पदक प्रदान गरिदै

Facebook Link

 

काठमाडौं: वास्तु र ज्योतिष बिज्ञानको गहिराईमा रही उत्कृष्ट अनुसन्धान गर्ने बिश्वका ब्यक्तिहरुलाई प्रदान गरिदै आएको स्वर्ण पदक यो पटक नेपालका बैज्ञानिक वास्तु विशेषज्ञ लक्ष्मीप्रसाद सोतीलाई प्रदान गरिने भएको छ ।

 

वास्तु र ज्योतिषको क्षेत्रमा रिसर्च गरी नयाँ र तथ्यगत कुराहरु प्रदान गरी लिपिबद्द गर्ने अमेरिकी संस्था ईन्टरनेसनल एस्ट्रोलोजी फेडेरेसन आईएफ आईएनसीबाट अवार्ड पाउने सोती पहिलो नेपाली हुन् ।  उनलाई एशीयाको उत्कृष्ट वास्तु कनसल्टेन्टको रुपमा वास्तु विलिनियर अवार्ड सहित स्वर्ण पदक प्रदान गरिने भएको छ ।

 

उनले घर बनाउदा शिलन्यासको महत्व, शिलन्यास कहा गर्नुपर्छ, गलत ठाउमा शिलन्यास गर्दा उक्त घरमा बस्ने ब्यक्तिले कस्तो फल भोग्नुपर्छ, पृथ्वी र सूर्यको गतिलाई हेरेर कहिले कुन ठाउँमा नयाँ घर निर्माण गर्दा पहिलो पत्थर राख्ने भन्ने बिषयमा ५०० वटा घरहरुको घर नक्सा सहित स्थलगत रूपमै रिसर्च गरेका हुन ।

 

हामी धेरै आशा अनि खुशीका साथ आफ्नो जिन्दगी भरको कमाईबाट नयाँ घर निर्माणको सुरुवात गर्छौ तर त्यो शिलन्यास अर्थात सुरुवात गर्ने दिशानै गलत भयो भने त्यसको गलत परिणाम त्यो घरमा बस्नेले भोग गर्ने हो तसर्थ नया घरको शिलान्यास गर्दा त्यो समयको सूर्य र पृथ्वीको गतिको आधारमा शिलन्यास बिन्दु पत्ता लगाई जग पूजा गर्नुपर्छ अथवा नया घरको पहिलो पत्थर राख्नुपर्छ भन्ने तर्कलाई तथ्यगत तरिकाले पुष्टि गरेका छन् ।

 

सोती वास्तु प्रालिका संस्थापक, सिभिल ईन्जिनीयर एबम नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य रहेका उनले नेपाल, अमेरिका, भारत, क्यानडा, चीन, फिलिपिन्स, अस्ट्रेलिया, यूके लगायत थुप्रै देशहरुका घर अफिस होटल स्कूल बैंक हस्पिटलहरुको बिना तोडफोड बैज्ञानिक प्रबिधिबाट वास्तु मिलाउने काम गर्दै आईरहेका छन् भने कतिपय हास्पिटलमा ठीक हुन नसकेका जटिल रोगहरु घरको वास्तु मिलाएरै ठीक बनाउदै आईरहेका छन् ।

 

वास्तु कुनैपनि धर्मसँग सम्बन्धित छैन यो बिज्ञान हो, जून कुरा बिज्ञानले पुष्टि गर्छ त्यो कुरालाई सबैले अनुसरण गर्ने हो भन्ने तर्क दिदै उनले हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन धर्म मान्ने समुदायमा समेत यो काम गर्दै आईरहेका छन् ।

 

उनी वास्तुको नाममा समाजमा केही भ्रमहरु पनि छन्, नेपालमा भन्दा विदेशमा वास्तुको बढी महत्व छ भन्ने तर्क गर्छन । घर बनाउदा वा ब्यापार बिजनेस गर्दा उक्त घरको उर्जा ब्यस्थापन सही ढंगले गरिएमा थप सफलता हासिल गर्न सकिने बताउँछन । उनी हालै मात्र वास्तु र ज्योतिषहरुको मूल संगठन नेपाल ज्योतिष परिषद केन्द्रीय समितिको वास्तु बिभाग प्रमुखमा नियुक्त भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...