YouTube Link

नेपाली वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीलाई अमेरिकी संस्थाबाट स्वर्ण पदक प्रदान गरिदै

Facebook Link

 

काठमाडौं: वास्तु र ज्योतिष बिज्ञानको गहिराईमा रही उत्कृष्ट अनुसन्धान गर्ने बिश्वका ब्यक्तिहरुलाई प्रदान गरिदै आएको स्वर्ण पदक यो पटक नेपालका बैज्ञानिक वास्तु विशेषज्ञ लक्ष्मीप्रसाद सोतीलाई प्रदान गरिने भएको छ ।

 

वास्तु र ज्योतिषको क्षेत्रमा रिसर्च गरी नयाँ र तथ्यगत कुराहरु प्रदान गरी लिपिबद्द गर्ने अमेरिकी संस्था ईन्टरनेसनल एस्ट्रोलोजी फेडेरेसन आईएफ आईएनसीबाट अवार्ड पाउने सोती पहिलो नेपाली हुन् ।  उनलाई एशीयाको उत्कृष्ट वास्तु कनसल्टेन्टको रुपमा वास्तु विलिनियर अवार्ड सहित स्वर्ण पदक प्रदान गरिने भएको छ ।

 

उनले घर बनाउदा शिलन्यासको महत्व, शिलन्यास कहा गर्नुपर्छ, गलत ठाउमा शिलन्यास गर्दा उक्त घरमा बस्ने ब्यक्तिले कस्तो फल भोग्नुपर्छ, पृथ्वी र सूर्यको गतिलाई हेरेर कहिले कुन ठाउँमा नयाँ घर निर्माण गर्दा पहिलो पत्थर राख्ने भन्ने बिषयमा ५०० वटा घरहरुको घर नक्सा सहित स्थलगत रूपमै रिसर्च गरेका हुन ।

 

हामी धेरै आशा अनि खुशीका साथ आफ्नो जिन्दगी भरको कमाईबाट नयाँ घर निर्माणको सुरुवात गर्छौ तर त्यो शिलन्यास अर्थात सुरुवात गर्ने दिशानै गलत भयो भने त्यसको गलत परिणाम त्यो घरमा बस्नेले भोग गर्ने हो तसर्थ नया घरको शिलान्यास गर्दा त्यो समयको सूर्य र पृथ्वीको गतिको आधारमा शिलन्यास बिन्दु पत्ता लगाई जग पूजा गर्नुपर्छ अथवा नया घरको पहिलो पत्थर राख्नुपर्छ भन्ने तर्कलाई तथ्यगत तरिकाले पुष्टि गरेका छन् ।

 

सोती वास्तु प्रालिका संस्थापक, सिभिल ईन्जिनीयर एबम नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य रहेका उनले नेपाल, अमेरिका, भारत, क्यानडा, चीन, फिलिपिन्स, अस्ट्रेलिया, यूके लगायत थुप्रै देशहरुका घर अफिस होटल स्कूल बैंक हस्पिटलहरुको बिना तोडफोड बैज्ञानिक प्रबिधिबाट वास्तु मिलाउने काम गर्दै आईरहेका छन् भने कतिपय हास्पिटलमा ठीक हुन नसकेका जटिल रोगहरु घरको वास्तु मिलाएरै ठीक बनाउदै आईरहेका छन् ।

 

वास्तु कुनैपनि धर्मसँग सम्बन्धित छैन यो बिज्ञान हो, जून कुरा बिज्ञानले पुष्टि गर्छ त्यो कुरालाई सबैले अनुसरण गर्ने हो भन्ने तर्क दिदै उनले हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन धर्म मान्ने समुदायमा समेत यो काम गर्दै आईरहेका छन् ।

 

उनी वास्तुको नाममा समाजमा केही भ्रमहरु पनि छन्, नेपालमा भन्दा विदेशमा वास्तुको बढी महत्व छ भन्ने तर्क गर्छन । घर बनाउदा वा ब्यापार बिजनेस गर्दा उक्त घरको उर्जा ब्यस्थापन सही ढंगले गरिएमा थप सफलता हासिल गर्न सकिने बताउँछन । उनी हालै मात्र वास्तु र ज्योतिषहरुको मूल संगठन नेपाल ज्योतिष परिषद केन्द्रीय समितिको वास्तु बिभाग प्रमुखमा नियुक्त भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...