शुरु भयो वर्षासँगै त्रासदी, मेलम्चीमा पुल बगायो, पृथ्वी राजमार्ग बन्द
वि.सं.२०७९ जेठ २६ बिहीवार ०८:४८
2.7K
shares
काठमाडौ: वर्षा शुरु भएसँगै त्रासदी शुरु भएको छ । हिजो परेको अविरल वार्षका कारण मेलम्ची-११ फट्टेमा खोला तर्न ढलमाथि माटो हाली बनाइएको अस्थायी संरचना बगाएको छ । यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका-६ वडाका नागरिक प्रभावित भएका छन् ।
यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँचपोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन् ।
मेलम्ची नगरपालिकाले सकभर वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ । गत वर्ष असार १ मा आएको बाढीले यहाँको पुलहरू बगाएको थियो । उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ ।
यस्तै यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँचपोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन् । मेलम्ची नगरपालिकाले सकभर वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ ।
गत वर्ष असार १ मा आएको बाढीले यहाँको पुलहरू बगाएको थियो । उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ ।
अहिले बिहानबाट पहिरो हटाउन शुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् ।
यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक(पटक अवरूद्ध हुने गरेको छ ।
हिजै काठमाडौको टुकुचा खोलाले मोटरसाइकलसहित मान्छे बगाएको थियो । मान्छेको सकुशल उद्धार भएपछि मोटरसाइकल चाहि बगाएको थियो ।
वि.सं.२०७९ जेठ २६ बिहीवार ०८:४८



















