YouTube Link

भारतमा आत्मघाती हमला गर्ने अलकायदाको चेतावनी !

Facebook Link

 

एजेन्सी : धार्मिक अतिवादी मुस्लिम समूह अलकायदाले भारतमा आत्मघाती हमला गर्ने कडा चेतावनी दिएको छ ।

 

समूहले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ताले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको हो ।

 

केही दिनअघि त्यहाँको एक टेलिभिजन च्यानलमा भएको बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् ।

 

मुस्लिम प्रतिद्वन्द्वीलाई हँसिमजाक गरेको कारण उनको विरोध हुँदै आएको थियो । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदाले यस्तो धम्की दिएको हो ।

 

प्रवक्ता शर्माको उक्त टिप्पणीलाई लिएर मुस्लिम समुदायमा आक्रोश बढिरहेकै बेला भाजपाका अर्का नेता नवीनकुमार जिन्दलले पैगम्बरमाथि फेरी विवादास्पद ट्वीट गरेका थिए । उक्त ट्वीटको सर्वत्र निन्दा हुन थालेपछि उनले केही समयमै हटाएका हुन् ।

 

सोही विषयलाई लिएर जिन्दन पार्टीबाट निस्कासित हुनुपरेको थियो भने प्रवक्ता शर्मा निलम्बनमा परेकी छन् ।

 

अल–कायदाले जुन ६ मा लेखेको पत्रमा ’आफ्नो समुदाय र पैगम्बरको सम्मानको लागि लड्न आत्मघाती हमला गर्ने’ भनेको छ ।

 

अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिसोधको भावना भरिएको समेत पत्रमार्फत अल–कायदाले भनेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...