YouTube Link

पब्जी खेल्न नदिएको झोकमा आमाको हत्या

Facebook Link

 

काठमाडौं: पब्जी खेल्न नदिएको झोकमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका हुन । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।

 

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।

 

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे ।

 

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

 

हत्यापछि उनले दुई दिनसम्म आमाको शव घरकै कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै थिइन् । तर उनले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्क्याउने गरेको र गन्ध हटाउन रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

 

मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

 

सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्ट्रिसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

 

भारत सरकारले दुई वर्ष अघि चीनमा निर्मित ११८ मोबाइल एप्सलाई बन्द गराएको थियो । त्यसमा पब्जी पनि एक हो । पब्जीको पूरा नाम ‘प्लेअर अन्नोन ब्याटल ग्राउण्ड’ हो । यो गेम इन्टरनेटमार्फत् इन्ड्रोइड फोनमा चल्छ ।

 

भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन उपलब्ध थियो । साथै यो खेल खेल्नेहरुले भर्चुअल प्राइभेट नेटवर्क ९भीपीएन० प्रयोग गर्ने गरेको पाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...