नेपालगञ्जमा स्व. राजा विरेन्द्रको सालिका राख्न खोज्दा तनाव
वि.सं.२०७९ जेठ १९ बिहीवार १२:०६
1.8K
shares
नेपालगञ्ज: नेपालगञ्जको विरेन्द्रचोकमा स्व. राजा विरेन्द्र वीर विकम शाहको सालिक राख्न खोज्दा दोहोरो झडप भएको छ ।
झडपका कारण अहिले त्यस क्षेत्र तनावग्रस्त भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले राखेको पूर्वराजा स्व. विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ ।
विगतमा पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो ।
अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त अवस्थामा रहेको छ ।
वि.सं.२०७९ जेठ १९ बिहीवार १२:०६




















