YouTube Link

हावाहुरीले रामेछापका ८८ घरको छाना उडायो

Facebook Link

 

रामेछाप: शनिबार रातीको हावाहुरीले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ११ गेलुका ८८ घरको छाना उडाएको छ ।

 

तिव्र बेगमा आएको हावाहुरीका कारण गेलु नाटीलाका मात्र ३० भन्दा बढी घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले बताए ।

 

हावाहुरीले  नाटीला आसपास गाउँका समेत गरेर ८८ घरको छाना उडाएको प्रहरीले जनाएको छ । छाना उडाएको  मध्ये ५० घरमा बस्न नहुने भएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले जानकारी दिए ।

 

छाना उडाएर विचल्नीमा परेका ५० परिवारलाई नेपाल रेडक्रसको सहयोगमा प्रहरीले पाल तथा अन्य सामग्रीहरु वितरण गरेको प्रहरीले जनाएको छ ।

 

 

हावाहुरीका कारण भएको क्षतिको विवरण संकलनको काम भइरहेकाले घरको छाना उडाउनेको संख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

 

गेलु क्षेत्रमा हावाहुरीसँगै असिना पानी  समेत परेको थियो । हावाहुरीका कारण गाउँमा बर्षैं पुराना रुखहरु ढलेको स्थानीयहरुले बताएका छन् ।

 

गाउँका ठुला ठुला पिपलका रुखहरु समेत हावाहुरीले ढलेको गाउँलेहरुले बताए । एकैछिनको हावाहुरीले समेत ठुलो क्षति गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

 

अहिले प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरेर तथ्याकं सकलन तथा सहयोगको काम भइरहेको प्रजिअ पहाडीले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...