४३ जिल्लाका भूमि आयोगका अध्यक्षहरु नियुक्त को-को भए ?

वि.सं.२०७८ चैत १८ शुक्रवार १६:३२

काठमाडौं: बिहिबार बसेको मन्त्रीपरिषद बैठकबाट राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त भएका छन् ।
योसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।
सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो भने हिजोको बैठकबाट थप ४३ जिल्लामा अध्यक्ष तोकेको हो । उनीहरुले सपथ पनि खाईसकेका छन् ।
भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ ।
अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ ।
जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १र१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई विघटन गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरिएको थियो ।
भदौ २९ मा गठन गरिएको आयोगको केन्द्रमा सत्तारुढ दलले भागवण्डामा पदाधिकारी चयन गरेका थिए ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १६:३२