YouTube Link

प्रेमीसँग मिलेर कान्छी श्रीमतीले हत्या गरेको यसरी खुल्यो रहस्य

World Cup 2026
Facebook Link

 

सुनसरी: गत बुधबार धरानको भेडेटार सडकखण्डको जंगलमा दुई जेब्रा झोलामा भेटिएको शवसँगै मृतकको पहिचान खुलेको छ ।

 

उनी झापा दमकका दिनेश सिग्देल रहेको र उनलाई उनकै कान्छी श्रीमतीले हत्या गरेको रहस्य समेत खुलेको छ ।

 

सिग्देललाई उनकै कान्छी श्रीमतीले आफ्नो प्रेमिकासँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।

 

सिग्देलको हत्या आरोपमा उनकै कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो ।

 

योजनावद्ध रुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए ।

 

अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् । उनका प्रेमी सरोज सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् ।

 

तर, उनको पनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।

 

यस्तो छ घटना विवरणः

 

सिग्देल १० महिना अघि बहराइन बैदेशिक रोजगारमा गएका थिए । घरको आर्थिकस्तर सुधार्न गएका दिनेशले बहराइनमा हुँदै आफ्नी श्रीमती परपुरुषसँग लागेको थाहा पाएका थिए ।

 

अनिताको सम्बन्ध सरोजसँग बढेको चाल पाएपछि दिनेश पनि थाहै नदिइ नेपाल आएका थिए ।

 

उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएका थिए । भोलिपल्ट २१ गते विराटनगरमा कान्छी श्रीमती अनितासँगै नोबेल मेडिकल कलेज नजिक होटलमा बसेका थिए ।

 

भोलिपल्ट २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए ।

 

प्रहरीका अनुसार पुस २२ गते राति दिनेश र अनिताबीच विवाद भएको थियो । केही समयपछि अनिताका प्रेमी सरोज पनि आएर उनैले ल्याएको गलबन्दीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

हत्या गरेपछि अनिता र सरोज अन्यन्त्र गएर बसेका र २३ गते बिहानै पसलबाट चार हजारमा ग्रेण्डर, ३ वटा जेब्रा झोला र पोलिथिन खरिद गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संञ्जयसिंह थापाका अनुसार खरिद गरेर ल्याएका सामान सहित खुकुरीको सहयोगले शव काटेर अलगअलग झोलामा हालेका थिए ।

 

साँझमा ट्याम्पो भाडामा लिएर धरान भेंडेटार सडकखण्डमा फालेको र उनीहरू त्यस रात भेंडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए ।

 

एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँडा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनाबद्धरुपमा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

 

प्रहरीका अनुसार ६ महिनादेखि सरोज र अनिता श्रीमान् श्रीमती सरह बस्दै आएका थिए । दिनेशले विदेशबाट पठाएको रकम खर्च भएको नदेखाउने तथा प्रेमीलाई दिने गरेको समेत खुलेको छ ।

 

बहराइनको मास्क र कार्डले पत्ता लगायो हत्यारा

 

गत फागुन ४ गते धरानको जगंलमा स्थानीयले लास जस्तो गनाएको थाहा पाए । उनीहरूले हल्ला गरेपछि प्रहरीले खोजीलाई तीव्र पार्‍यो ।

 

इलाका प्रहरी धरान, जिल्ला प्रहरी र संघीय इकाई प्रहरी धरानले मृतक दिनेशको तस्बिर नै सार्वजनिक गर्‍यो । त्यति हुँदा पनि कुनै कतैबाट मेरो मान्छे भनेर नआएपछि स्केजसमेत सार्वजनिक गरेको थियो ।

 

प्रहरीले खोजी गर्दै जाँदा मृतकको हाफ पाइन्टको गोजीमा असेट प्रोटेक्सन, ट्याटवएर पेट्रोलियम बि एच मास्क फेला पर्‍यो ।

 

त्यस्तै रिओ टुर्स कमल तलेब एक्स्लुसिभ रिओ टुर्स लेखिएको भिजिटिङ कार्ड समेत फेला पर्‍यो । प्रहरीले उक्त कम्पनीसम्म पुग्नका लागि काठमाडौँ प्रहरीलाई समेत सहयोग माग्यो ।

 

तिनै दुई कम्पनीको नाम बहराइनमा भएको पत्ता लाग्यो ।

 

प्रहरीले नेपाल आउने र जानेको तथ्यांक खोजी गर्दै झापा घर भएका दिनेश सिग्देल भएको पत्ता लगाएको थियो ।

 

सोही आधारमा प्रहरीले आफन्त खोजी गर्दै आफ्नै श्रीमती र परपुरुष हत्यारा भएको पत्ता लगाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...