एमाले अध्यक्ष सहित पाँच नेताबिरुद्ध उभियो नेकपा एस, अख्तियारमा मुद्धा दायर
वि.सं.२०७८ फागुन ५ बिहीवार १५:१४
1.9K
shares
काठमाडौं: नेकपा एकीकृत समाजवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा सहित पाँच नेताबिरुद्ध खनिएको छ ।
पार्टीले एमाले अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई, पद्यमा अर्याल र नेता भानुभक्त ढकालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानविन गर्न माग गरिएको हो ।
त्यसैगरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरेको छ ।
त्यसैगरी भिजिट नेपाल २०२० का नाममा राज्यकोषको करोडौं रकम व्यापक हिनामिना गर्ने तत्कालीन पर्यटनमन्त्री भट्टराईमाथि छानविन गरी कारवाही गर्न माग गरिएको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १५:१४



















