धरानमा अर्को जेब्रा झोलामा मानव शरीर पनि फेला
वि.सं.२०७८ फागुन ५ बिहीवार १३:५४
2.4K
shares
सुनसरी: सुनसरीको धरान उप-महानगरपालिका-४ स्थित धरान-भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा भेटिएकोमा अर्को झोलामा शरीर पनि फेला परेको छ ।
जंगलमा भेटिएको मानव अंगबारे अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।
सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईटा झोलामा शव भेटिएको थियो ।
जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएका छन् ।
फरेन्सिक चिकित्सकको टोलीले पनि हत्याको प्रकृतिबारे अनुसन्धान गरेका छन् ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १३:५४




















