जेब्रा झोलामा भेटियो मान्छेको टाउको र खुट्टा
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:०३
2.7K
shares
विराटनगर: धरान-भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र प्याक गरेको अवस्थामा मानिसको टाउको र खुट्टा भेटिएको छ ।
दाउरा खोज्न गएका स्थानीयले आपगाछि क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:०३




















